राजनीति

सभामुखद्धारा प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिका सिफारिस गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सभामुख घिमिरेले संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएका थिए । त्यसपछि सोही पदपूर्तीका लागि सभामुख घिमिरेले राईलाई नियुक्तीका लागि सिफारिस गरेका हुन् । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *