राजनीति

संसदीय प्रणाली हुँदाँहुँदै प्रत्यक्ष निर्वाचित राष्टपति छान्ने विषयमा कांग्रेसको कुनै ध्यान छैन् : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा संसदीय प्रणाली हुँदाहुँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति छान्दा नेपालमा निरंकुशता बढ्ने बताएका छन् । अहिलेको संसदीय प्रणाली हुँदाँहुँदै प्रत्यक्ष निर्वाचित राष्टपति छान्ने विषयमा सरकारको कुनै ध्यान नभएको उनले बताए ।

राष्ट्रपति प्रणाली भएका अन्य देशमाको गतिविधि समेत नियाँलेकाले अहिले राष्टपतीय प्रणालीका विषयमा कांग्रेसले कुनै सोच नराखेको प्रवक्ता महतले बताएका छन् । डा. प्रवक्ता महतले एक अन्तवार्तामा यस्तो बताएका हुन् ।

अहिले राजनैतिक दलहरुले निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्ने पाटो बनाउने विषयमा एक जुट हुन आवश्यक रहेको उनले बताए । उनका अनुसार मुलुकमा कुनै पनि एक दल निर्वाचनमा एकल बहुमत ल्याउन नसकेका कारण सरकारमा विभिन्न किसिमका झमेलाहरु बेला–बेला आउने गरेका छन् । देशको राजनीतिक स्थिरताका लागि कुनै पनि एक दलले एकल बहुमत ल्याउन सक्नुपर्ने वर्तमान आवश्यकता रहेको डा. महतले औल्याए ।

समावेशितामा सम्झौता नगर्ने विषयमा कांग्रेसले बारम्बार धारणा राखिसकेको बताउँदै हरेक विकल्पका बारेमा कांग्रेसले आन्तरिक छलफल गरिरहेको उनले बताए । संविधान संशोधनको विषयमा प्रवक्ता महतले सत्तापक्ष र प्रतिपक्षबीच सहमति गर्नुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचन प्रणाली हुँदैमा सरकारको स्थायित्व हुन्छ भनेर ग्यारेन्टी लिन नसकिने बताउँदै उनले निर्वाचन प्रणालीलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।

डा. महतले भने,‘पूर्ण समानुपातिक प्रणाली कतिपय देशले अपनाएका छन् । पार्टी बढी जिम्मेदार हुने र पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणाली भए पनि जनताले जिम्मेवारी माग्न खोज्ने प्रवृत्ति छ । यी दुई थरी प्रणालीले गर्दा कुनै दलको पनि बहुमत नआउने । जिम्मेवारीका हिसाबले पनि अलग–अलग सोचाइ आउने भएकाले यो निर्वाचन प्रणालीलाई हटाएर प्रत्यक्षमा जाने हो कि भन्ने कुरा हो । यसमा थप छलफल गर्न बाँकी छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *