राजनीति

रविको बचाउमा पुनः प्रचण्ड लागेपछि गृहमन्त्री लेखककाे आक्रोस

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेको बचाउमा लागेपछि गृहमन्त्री रमेश लेखकले आक्रोस पोखेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका रविलाई गृहमन्त्री हुँदा प्रचण्डले आफ्नो कार्यकालमा बचाउँदै आएका थिए । तर नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा गठित सरकारले सहकारी प्रकरण ठगीका आरोपित लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएपछि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले रविलाई पक्राउ गरेर अनुसन्धान गर्नु सरकारको राजनैतिक प्रतिसोँध भएको भन्दै गरेको अभिव्यक्तिप्रति गृहमन्त्री लेखकले आपत्ति जनाएका हुन् ।

प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताउँदै गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको उल्लेख गरे । सहकारी ठगी प्रकरणमा सरकारले लामिछानेमाथि अनुसन्धान बढाएपछि विभिन्न शिर्षकमा ठूलो रकम हिनामिना गरेका प्रमाण थप फेला पर्न थालेपछि प्रचण्डले लामिछानेलाई उन्मुक्ति दिनुपर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिदैँ आएका छन् । उक्त प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर सत्तापक्षले प्रचण्डको अभिव्यक्तिको टिक्का टिप्पणी गर्दै आएका छन् । अनुसन्धानमा भएको विषयलाई तोडमोड गर्ने विषयमा नलाग्न समेत सबैलाई सरकारले आग्रह गर्दै आएको छ ।

आइतबार चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रचण्डको पछिल्लो अभिव्यक्ति प्रति आपत्ति जनाएका हुन् । सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई गृहमन्त्री लेखकले न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा भएको टिप्पणी गरे ।

चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए । चितवनबाट पोखरा लैजाँदा लामिछाने माथि अमानवीय व्यवहार गरिएको भनेर गरिएको आलोचनामा कुनै पनि सत्यता नरहेको गृहमन्त्री लेखकको प्रष्टीकरण दिएका थिए ।

‘२ कात्तिकमा पक्राउ पर्दा उहाँ आफैंले गाडीमा राति नै पोखरा जान्छु भन्नुभयो, प्रहरीले जहाजमा लैजान्छु भन्दा मान्नु भएन, काठमाडौंबाट राति पोखरा जाँदा ठिक हुने, चितवनबाट पोखरा जाँदा अमानवीय व्यवहार भयो भन्नुमा कुनै सत्यता छैन,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीले लामिछाने माथि कुनै पनि अमानवीय व्यवहार गरेको छैन, हरेक नागरिकको मानव अधिकारप्रति सरकार सचेत छ, कसैलाई पनि फरक व्यवहार गर्दैन । ’

सहकारी ठगीमा संलग्न भएका, फरार रहेका र विदेश गएकाहरूलाई समेत सरकारले धमाधम पक्राउ गरिरहेको भन्दै अनुसन्धानको पाटोमा कसैलाई पनि नछाडिने उनले बताए ।

आफ्नै पार्टी उपसभापति धनराज गुरुङ माथि सहकारी ठगी प्रकरणमा किन अनुसन्धान भएन भन्ने पत्रकारहरूको प्रश्नमा गृहमन्त्री लेखकले धनराज माथि अनुसन्धान जारी रहेको बताए ।

‘सहकारीमा ठगी गर्ने, अपचलन गर्ने, अपराध गर्ने सबैका माथि अनुसन्धान हुन्छ, कसैको पनि अनुहार हेरेर छुट दिइँदैन,’ गृहमन्त्री लेखकले भने, ‘सहकारी ठगीको आरोपमा पार्टीका उपसभापति माथि पनि बयान लिने बुझ्ने काम भइरहेको छ ।’

सहकारी ठगीका मुख्य नाइके जीबी राईलाई पक्राउ गर्ने विषयमा सरकार लागि परेको बताउदैँ गृहमन्त्री लेखकले उनको खोजी कार्यमा लागेको स्पष्ट पारे ।

सहकारी पीडितहरूको बचत रकम फिर्ताका लागि सरकारले ठोस योजना तयार गरिरहेको भन्दैं त्यसलाई चाँडै नै सार्वजनिक गर्ने गृहमन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछानेमाथि अनुसन्धान जारी रहेको विषयमा विभिन्न संचारमाध्यम र रास्वापाका नेता तथा कार्यकर्ताका साथै विभिन्न पार्टीका प्रतिनिधिहरुले अनुसन्धान प्रभावित पार्ने किसिमका विभिन्न झुट्टा सुचना प्रशारण गरेपछि त्यस्तो क्रियाकलापमा संलग्न नहुन आग्रह गरेका हुन् । लामिछानेमाथि अनुसन्धानका क्रममा विभिन्न तुर्टीहरु भेटिरहेको बेला लामिछानेलाई उन्मुक्ति दिने विषयमा विभिन्न संचारमाध्यम र पार्टीका नेता तथा कार्यकर्ताहरुले गरेका टिक्का टिप्पणीका विषयमा गृहमन्त्रीले लेखकले आपत्ति जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *