काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेर पठाएको पत्र प्राप्त नभएको जनाएको छ । बालेन्द्र शाहले पत्र पठाएपनि बालेको तिव्र टिक्काटिप्णीका कारण जरिवाना नतिर्ने एमालेले जनाएको छ ।
मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीका अनुसार एमालेलाई काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र एमाले केन्द्रीय कार्यालयमा पुगेको छैन् । नेकपा एमालेले कार्यक्रम सकिएलगतै आफै सफा गरेको बताएको छ ।
तर बालेन शाहले एमालेको कार्यक्रम नसकिनै सामाजिक संचालनमा एमालेले फोहोर गरेर फोहोर नउठाएको भन्दै रु एक लाख जरिवान तिराउने भन्दै सुचना जारी गरेपछि नेकपा एमालेले महानगरपालिकाको निर्देशन गलत भएको बताएको छ।
मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् ।




