राजनीति

राजनीतिक दलका शिर्ष नेताहरुबीच यसपाली दशैँ –तिहार विशेष चियापान नहुने

काठमाडौं । राजनीतिक दलका शिर्ष नेताहरुले यसपाली दशैँ तिहार विशेष चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज महिनामा आएको अविरल वर्षाका कारण बाढी पहिरोले देशमा मानवीय तथा भौतिक क्षेति भएकाले यस वर्ष चियापान नगर्ने भएको नेताहरुले बताएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बाढीपहिरोले जनता शोकमा रहेकाले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । असोज ११ र १२ गते आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ । जनता शोकमा रहेकाले यसपटक पार्टीको तर्फबाट चियापान कार्यक्रम हुनेछैन’, गौतमले भने । एमालेले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अघिल्लो दिन चियापान समारोह राख्दै आएको थियो ।

यस्तै नेपाली कांग्रेसले पनि चियापान नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हरेक वर्ष पूर्णिमाको दिन चियापान गर्दै आएको थियो । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बाढी पहिरोले धेरै जनधनको क्षति भएकाले पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *