काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरूले विरोध जनाएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव पेश गर्न सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई बोलाएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन् ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा छलफल अघि बढाउँदा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै बैठकमा विरोध गरेका छन् ।




