काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डाक्टर बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले दुईजना अध्यक्ष चयन गरेको भएपनि वरीयतामा भने पहिलो भट्टराईलाई राखेको छ ।
गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरेको पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । पार्टीको उपाध्यक्षमा भट्टराई पत्नी हिसिला यमीसँगै भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरेको छ ।
१ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई इन्चार्ज तोकेको छ ।




