काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् ।
पोखरामा भएको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धनलाई निरन्तरता दिन आबद्ध सबै दल तयार रहेको समेत बताए ।
गठबन्धनको आवश्यकता माओवादी केन्द्रले महशुश गरिसकेको भन्दै उनले कांग्रेसको धारणा भने अझै हेर्न बाँकी रहेको बताए । उनले भने,‘नेपाली काँग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’
अध्यक्ष नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको स्मरण गर्दै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए ।




