समाचार

कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद वार्ताबाटै टुंग्याउनु पर्छ : ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेला मौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्र मामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भू-राजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताएका छन् ।

‘अहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेला मौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौ भन्ने छ । इतिहासले छाडेका वा भारी बोकाएका समस्याहरू समाधान गर्नुछ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि होइन, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *