राजनीति

एसपीपीबारेमा सर्वदलीय छलफलका लागि गठबन्धनको बैठकको प्रस्ताव पेश

काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ ।

पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।

‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’

उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *