काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार पालामा नै अघि बढाएको स्पस्ट पारेका छन ।
आज शनिबार ललितपुरस्थित नेपाल शिक्षक संघद्धारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो उल्लेख गरेका हुन ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा आलीले वर्तमान सरकारले अगाडी बढाएको आरोप लगाएका थिए । तर त्यसको २४ घन्टा नवित्दै ‘एसपीपी’ समझौता केपी ओली सरकारकोे नेतृत्वकै पालामा अघि बढेको स्पष्ट भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक मर्यादाविपरीत एसपिपीमा सामेल भएर नेपाली सेना पनि विवादमा पर्नु परेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘संसदमा उभिएर आफ्नो नेतृत्व सरकारको पालामा अघि बढाएको सम्झौता पास गरेको हो भन्न नसक्दा सबैले नराम्रो कुरा सुन्नु परेको र जनता पनि अन्योलमा परेका थिए । तर साँचो कुरा लुक्दैन भने झैँ ‘एसपिपी’ केपी ओली सरकारको पालामा नै अघि बढाइएको भन्ने स्पस्ट सबैलाई भएको महामन्त्री शर्माले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसलाई अघि नबढाउने भन्दै स्पष्ट समेत पारिसकेको उनले उल्लेख गरेका छन् ।
नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखिकन यो प्रकारको कुनै पनि सन्धि, सम्झौतामा नेपाल देशले हस्ताक्षर नगर्ने कुरा यस अघि नै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले स्पस्ट पारिसकेका छन् ।




