चितवन। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो ।
माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए ।




