राजनीति

प्रचण्ड र नेपालका बिचमा अलग्गै भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बिचमा भेटवार्ता भएको छ ।

एमसीसी संसदमा टेवल गर्ने सरकारको तयारी शुरु भएका बेला अध्यक्षद्वयका बिचमा भेटवार्ता भएको हो । दुई अध्यक्षका बिचमा काठमाडौंको कोटेश्वरमा भेटवार्ता भएको हो ।

यसअघि सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बिचमा भेटवार्ता भएको थियो ।

एमसीसी संसदमा टेवल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका बिचमा आह्वान गरेपछि सत्तारुढ गठबन्धनका नेताहरुका बिचमा छलफल तिव्र हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *