१,
त्रासमा होमिएर युद्ध जित्न खोजिरहें
बाचेर आफैलाई भाग्यमानी सम्झी हाले
काथर भएको मन आफैदेखि डरायो ।
२,
अनौठो निरकुंश शासनले दबिदैछु
स्वतन्त्र चराजस्तै हावा खान आतुरछु
आटले अन्याय तोड्दै सबैलाई सिध्याए ।
३,
आकाश धमिलिदै निराशमा तनमन
सोचाई थातिराख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको लम्की लम्की हिडेको ।
४,
एकाग्र भइबस्दा सपनाले बिमजायो
सन्त्रास छायपछि कोलाहल मन भयो
अन्यौल भुमरीसँग लुकामारी खेलिदै ।
५,
बोकेर कालो झण्डा दैाड घूप थाकिएछ
पूरा भो मागहरु सत्ताप्राप्ति नेतालाई
विचरा विद्रोहीलाई छाक टार्ने कसरी ।
६,
पल्टाएर प्रेमपत्र आफैदेखि लाज भयो
नजिक हुन खोज्दा भक्कानिँदै मन रोयो
विश्वास गुमाएपछि हुँदो रैछ पराई ।




