रिबन

एमालेमा पुर्वमाओवादीको विद्रोह : यहि अवस्था रहे एमाले छाडने

काठमाण्डौं । नेकपा एमालेमा नयाँ खतरा देखिन थालेको छ । गोदावरीमा ६ हजार मानिस राखेर विधान महाधिवेशन गरिरहेको एमालेको यो भेलाले पुर्वमाओवादी समुहलाइ चिढयाएको छ । गोदावरीको भेलामा पुर्वमाओवादी खेमाका नेता प्रभु साह सहभागी नै भएनन । उनीसंग नजिक रहेका नेता कार्यकर्ता शुक्रवार गएपनि शनिवार गोदावरी नजानेमा पुगिसकेका छन । शुक्रवारबाट सुरुभएको भेलामा जाने कि नजाने भनेर पुर्वमाओवादी खेमाका नेताहरु प्रभु साह,टोपवहादुर रायमाझी,मणि थापा वसेर छलफल गरेका थिए । उनीहरुले एमाले हाम्रो घर होइन भन्ने निष्कर्ष निकालेका छन । नेकपाकै निरन्तरता भएको कारणले एमालेमा वसेको वताइरहेका पुर्वमाओवादी नेताहरु जब जबज पुरै ब्युँताउने,जेठ २ मा जाने र दस वुदे सहमति कार्यान्वयन गर्ने तहमा एमाले पुग्यो यसपछि झस्किएका छन ।

पुर्वमाओवादी खेमाका नेताहरुले आफनो समुहका नेता रामवहादुर थापा वादलसंग पनि सम्वाद गरिसकेका छन ।उनीहरुले वादललाइ नेतृत्व लिनुपरयो,हामी संकटमा परयौं भनेर भनेका छन । यसपछि वादलले हुन्छ भनेर जवाफ फर्काएका छन । एक पुर्वमाओवादी नेताका अनुसार,यहि अवस्था रहेमा एमालेमा पुर्वमाओवादी समुह रहनेछैन ।भेलाकाे यहि निष्कर्ष पछि प्रभु साहले नेकपा एमालेकाे केन्द्रिय कमिटी वैठक देखि विधान महाधिवेशनसम्ममा भाग लिएका छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *