देश

नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *