समाचार

संक्रमण बढेसँगै आज सिसिएमसीको बैठक बस्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने भएको छ । संक्रमितको संख्यामा कमी आएपछि केही समयअघि खुकुलो पारिएको निषेधाज्ञा आजको बैठकले भने फेरि कडा बनाउने देखिएको छ ।

साना र लामोदूरीका यातायातका साधन सञ्चालन, विश्वविद्यालयको परीक्षा सञ्चालन, खोप लगाउँदा भीडभाडलगायतका कारण संक्रमण बढ्दो छ । त्यसैले स्वास्थ्य मापदण्डमा कडाइ गरिन सक्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *