देश

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व निर्मल ढकाललाई

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक पदमा सहसचिव निर्मल ढकाललाई जिम्मेवारी दिएको छ। मन्त्रालयको निर्णयअनुसार अब विभागको नेतृत्व ढकालले सम्हाल्ने भएका हुन्। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए। विभागीय संरचना, अनुसन्धान प्रक्रिया तथा प्रशासनिक कामकाजमा अनुभव भएका कारण उनलाई नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय कारोबार तथा शंकास्पद आर्थिक गतिविधिको अनुसन्धान गर्ने प्रमुख निकायका रूपमा विभागको भूमिका महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा अनुभवी अधिकारीलाई नेतृत्वमा ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ। ढकालको नियुक्तिसँगै विभागको अनुसन्धान क्षमता, समन्वय र संस्थागत प्रभावकारिता थप मजबुत हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *