काठमाडौंं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । दिवंगत जोशीको पार्थिव शरीर १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रसे केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ ।
दिवंगत जाेशीकाे विहान ९ वजे नर्भिक अस्पताल थापाथलीबाट सवयात्र प्रारम्भ गरी १० देखि ११ वजेसम्म याड्खा स्थित निवासमा श्रद्धाञ्जलीका लागि राखिने जाेशीकाे सचिवालयले जनाएकाे छ ।
नेपाली कांग्रेसले आज शनिवार साढे ११ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ । शुक्रबार राति दिवंगत हुनुभएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।




