मुख्य समाचार

अख्तियार खाली हुँदै, प्रेम राई आउने भएपछि जोशी र थापा बिदा बस्ने तयारी

काठमाडौं । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि खाली हुने भएको छ । अख्तियारका कावा प्रमुख आयुक्त डा.गणेशराज जोशी र आयुक्त डा.सावित्री थापा गुरुङ बिदामा बस्ने भएपछि देशकै चर्चित संवैधानिक निकाय रित्तो हुन लागेको हो ।

अहिले अख्तियारमा जोशी र थापा मात्र कार्यरत छन् । प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकाल सकिएपछि जोशीले कावा चलाउँदै आएका थिए । दुवैको कार्यकाल आगामी चैत ११ गते सकिँदै छ । तर, तीन महिनाअघि नै उनीहरू बिदामा बस्न लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको २४ घन्टा नबित्दै राखेको संवैधानिक परिषद्को बैठकबाट अख्तियार प्रमुखमा प्रेमकुमार राई, आयुक्तमा जयबहादुर चन्द तथा किशोर सिलवाल नियुक्ति गरेका छन् । माघ २० गते सरकारले नियुक्ति गरेको ४५ दिन पुग्दै छ । अध्यादेशमार्फत नियुक्ति भएका संवैधानिक अंगका पदाधिकारी ४५ दिन बितेपछि स्वतः नियुक्ति हुने भएकाले जोशी र थापाले अगावै बिदा बस्ने तयारी गरेका हुन् ।

प्रेम राईभन्दा जोशी सिनियर सहसचिव हुन् । त्यसैले राईलाई प्रमुख आयुक्त मानेर बस्न नैतिकताले नदिने भएकाले जोशी तीन महिनाअघि नै अख्तियारबाट बाहिरिन लागेका हुन् । जोशी २०७१ सालमा अख्तियार नियुक्त भएका थिए । उनको चैतमा ६ वर्षे कार्यकाल पूरा हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *