एजेन्सी । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा गरिएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ र माथिल्लो सदनको संयुक्त बैठकमा उपराष्ट्रपति माइक पेन्सले बाइडेनलाई राष्ट्रपति घोषणा गरेका हुन् ।
उपराष्ट्रपति पेन्सले राष्ट्रपतिमा निर्वाचित हुन जो बाइडेनले २७० इलेक्टोरल कलेज मत ल्याएको प्रमाणित गरेका हुन् । संसदको यो औपचारिक घोषणासँगै अब बाइडेनलाई ४६औं राष्ट्रपतिको रूपमा आगामी २० जनवरीमा पद तथा गोपनीयताको सपथ लिन बाटो खुलेको छ ।
बाइडेनले रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । वर्तमान राष्ट्रपति ट्रम्पले आगामी २० जनवरीका दिन आफूले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई साधारण तरिकले सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।




