रिबन

नेपालमा ओलीको, अमेरिकामा ट्रम्पको ताण्डव

काठमाडौं । यतिबेला नेपाल र अमेरिकामा समान दृश्य देखिएका छन् । दुवै देशमा एउटा समानता छ, त्यो के भने कुर्सीको लडाइँ । नेपालमा प्रधानमन्त्री केपी ओलीले पद छाड्नुभन्दा प्रतिनिधिसभा नै विघटन गरिदिएका छन् । उनमा कुर्सीको मोह निकै देखिएको छ ।

अमेरिकामा पनि ठ्याक्कै सोही दृश्य देखिएको छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएपछि रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता छाड्न तयार भएका छैनन् । उनले आफू पराजित भएको सत्यलाई स्वीकार्नसमेत तयार छैनन् । बरु संसदमा इलेक्ट्रोल मत सो गराउन बहस चलिरहेका बेला आफ्ना समर्थकलाई हिंसात्मक विद्रोहमा उतारेका छन् । त्यो पनि देशकै राजधानी वासिंगटनमा ।

ट्रम्प समर्थकले संसदलाई नै कब्जामा लिने प्रयास गरेपछि भएको हिंसामा एक महिलाले ज्यान गुमाउनुपरेको छ भने अहिले त्यहाँ कफ्र्यु लगाइएको छ । ट्रम्प सत्ताबाट बाहिरिन अब मात्र १३ दिन बाँकी छ । उनलाई सत्ता गुमाउनुको पीडा अमेरिका जस्तो लोकतान्त्रिक मुलुकले पीडा बेहोरिरहेको छ ।

नेपालमा पनि ठ्याक्कै त्यही अवस्था छ । यहाँ पनि ओलीको ताण्डव जारी छ । बहुमतको प्रधानमन्त्री हुँदाहुँदै ओलीले पार्टीमा सल्लाह नै नगरी प्रतिनिधिसभा विघटन गरिदिएपछि अवस्था तनावपूर्ण नै छ । नेकपा विभाजन भइसकेको छ । ओलीले आफू निकटलाई सत्ताको स्वाद चखाउँदै गएका छन् । मनपरी सरकारी नियुक्ति दिलाइरहेका छन् । अदालतलाई प्रभावित पारिरहेका छन् । मुखले लोकतन्त्रका ठूल्ठूला गफ दिने ट्रम्प र ओली वास्तवमा विध्वंशात्मक सोच भएका व्यक्ति भनी अहिले राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ ।

आफूबाहेक अरु कोही होइनन्, म नै लोकतन्त्र, म नै कानुन, म नै संसद् र म नै राज्य भन्ने सोच ट्रम्प र ओलीमा देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *