रिबन

पत्नी सीताको उपचार गर्न प्रचण्ड उडे भारत

काठमाडौं । पत्नी सीता दाहालको उपचार गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनको साथमा छोरी गंगा दाहाल पनि रहेकी छन् ।

सीताको अवस्था निकै नाजुक भएकाले उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित एक नसा रोगसम्बन्धी अस्पतालमा भर्ना गरी थेरापी दिइने भएको छ ।

प्रचण्ड आगामी बुधबारसम्म मुम्बईमै रहने भएका छन् । श्रीमतीको उपचारमा केन्द्रित हुनुपर्ने भएकाले प्रचण्डले राजनीतिक भेटघाट नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *