रिबन

कांग्रेस बैठक बस्दै, प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रिय कार्यलय सानेपामा बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल भएर पनि प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको कांग्रेसले सशक्त विरोध गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कांग्रेसले ढुलमुले नीति लिएकाले न सडकमा, न त निर्वाचनमा जाने अवस्था नै बनेको भन्दै आमजनताले विरोध जनाइरहेका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रतिनिधिसभा विघटनविरुद्धका रणनीति बनाउने तयारी भएको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेसमा दुई धार देखिएको छ। सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने र आन्दोलन पनि गर्न नमिल्ने बताउँदै आएका छन्।

देउवा इतर पक्षले भने अदालतलाई दबाब दिन भए पनि सडक तताउनुपर्ने भन्नेमा छ। आजको बैठकमा यिनै बिषयमा थप छलफल गरेर निष्कर्षमा पुग्ने नेतृत्वको तयारी रहेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले मुखले चुनाव भने पनि अनकन्टक सत्ता चलाउने नीति लिएको ठहर गर्दै कांग्रेसले आज बोल्ड निर्णय गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *