रिबन

देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेको छ ।

बुढानिलकण्ठस्थित निवासमा भएको भेटमा दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृढ गर्नेलगायतका विषयमा कुराकानी भएको देउवाले जानकारी दिएका छन् ।

भेटका क्रममा एक चीन नीतिप्रति कांग्रेस सधैं प्रतिवद्ध रहेको देउवाले बताए।भेटमा नेपाली कांग्रेसका पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद‍् दिनेशचन्द्र भट्टराई पनि सहभागी थिए।
भेटका क्रममा चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ।

चिनियाँ प्रतिनिधिमण्डलले संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे सभापति देउवासँग चासो व्यक्त गरेको थियो । साथै, देउवालाई चीन भ्रमणको निम्तो दिएको बुढानिलकण्ठ स्रोतले जानकारी दियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *