रिबन

चिनियाँ उपमन्त्रीको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर, प्रचण्डले बोलाएको आशंका

काठमाडौं । सत्तारुढ दल नेकपा आन्तरिक विवादका कारण विभाजन भएपछि नेकपाको यो विवादमा उत्तरी छिमेकी चीनले प्रवेश गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यचौंको नेतृत्वमा आइतबार दिउँसो चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रिएपछि सो टोलीले आफ्नो काम थालनी मात्रै गरेन सबैजसो नेताहरुकोमा भेटघाट गर्ने कार्यतालिका नै बनायो तर नेपालको परराष्ट्र मन्त्रालय भने यो विषयमा बेखबर छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल काठमाडौं पुगेसँगै नेकपाको विवादमा चीन देखिने गरी प्रवेश गरेपनि राज्य सत्ताको पहँुचमा रहेका शीर्ष नेताहरुको भेटघाटमा भने परराष्ट्र मन्त्रालय अनभिज्ञ रहनुमा आश्चर्य मानिएको छ ।

अहिले नेकपा दुई गुटमा विभाजन भएको छ । दुबै गुटले ‘विभाजन’ शब्दको उच्चारण नगरे पनि दुबै गुटका नेकपाले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउनेदेखि वडा तहसम्म प्रशिक्षण कार्यक्रमहरु गरिरहेका छन्।

नेकपाको एक गुटको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । पार्टीको आन्तरिक विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको थियो । त्यसपछि ओली नेतृत्वको नेकपाले पनि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाएको थियो ।

नेकपा विभाज भएपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, माधवकुमार नेपाल र कृष्णबहादुर महरालाई समेत भेटेकी थिइन् । तर, उनको यो भेटले सफलता नपाएपछि आकस्मिक रुपमा चिनियाँ उच्च अधिकारी काठमाडौं आइपुगेका हुन् । राजदूत यान्छी आफूले नेकपाको विभाजन रोक्न सफलता नपाएपछि उच्च चिनियाँ अधिकारीलाई बोलाएको चर्चा छ ।

उत्तरी छिमेकका उच्च अधिकारी काठमाडौं आउँदा यो भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालय भने वेखर छ । ‘यो भ्रमण परराष्ट्र मन्त्रालयको समन्वयमा भएको होइन्। हामीलाई अफिसियल्ली जानकारी छैन’ प्ररराष्ट्र प्रवक्ता सेवा लम्सालले भनिन । परराष्ट्रको भनाइसँगै चिनियाँ उपमन्त्री नेपाल सरकारको औपचारिक नियमन्त्रणामा नेपाल आएको नभर्इ नेकपा (प्रचण्ड–माधव)को निमन्त्रणामा आएको पुष्टि भएको छ।

चिनियाा उपमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीसँग औपचारिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरिसकेको पार्टी विभाजन हुँदा चीनलाई पर्ने प्रभावबारे नेपाली नेताहरुलाई जानकारी गराउने र चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउने बताइएको छ।

नेकपा विभाजन हुनुभन्दा ठिकअघि भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाल नेपाल भ्रमण गरेका थिए । १० डिसेम्बरमा काठमाडौं आएका उनी तत्कालिन नेकपाका महासचिब तथा अर्थमन्त्री विष्णु पौडेललको निमन्त्रणामा नेपाल आएका थिए । उनले प्रचण्ड–माधव समूहका कुनै पनि नेतालाई भेटेका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *