रिबन

बाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनको राप प्रदेश सभामा पनि देखिएको छ । शुक्रबार बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संसदीय दलका उपनेता शालिकराम जमकट्टेलको अगुवाइमा पौडेदविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । जमकट्टेल प्रचण्ड समूहका नेता हुन् । प्रचण्ड नेपाल पक्ष समूह पक्षका ४३ सांसद्को हस्ताक्षर रहेको छ ।

शुक्रबार नै प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उध्योग, पर्यटनमन्त्री अरूण नेपाल छन् ।
प्रधानमन्त्री केपी ओलीले प्रदेशमा मुख्यमन्त्री हटाउने अभियान सुरु भए आफूले थप कठोर कदम चाल्ने चेतावनी दिएको पर्सिपल्टै उनी निकट मुख्यमन्त्री हटाउने अभियान सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *