राजनीति

देउवा–ओली भेटपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्तापछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बिहीबार साँझ भएको भेटमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पनि सहभागी थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

भेटवार्तापछि सीधा मन्त्रिपरिषद् बैठक सुरु भएको हो, जसमा पछिल्लो राजनीतिक सहकार्य, नीति तथा कार्यक्रम, र बजेट तयारीका विषयमा कुराकानी हुने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *