राजनीति

शान्ति प्रक्रिया टुंग्याउन राजनीतिक दलहरूबीच विवाद नभएको अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउने विषयमा राजनीतिक दलहरूबीच कुनै विवाद नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अघि बढिरहेको दाबी गरे।

अध्यक्ष दाहालले ट्रान्जिसनल जस्टिस (संक्रमणकालीन न्याय)र सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा पीडितको मागलाई सम्बोधन गर्नु राजनीतिक दलहरूको साझा एजेन्डा रहेको बताए।

उनले भने, पीडितलाई न्याय दिनु नै हाम्रो प्राथमिकता हो। राजनीतिक नेतृत्व स्पष्ट छ कि पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया दिगो बनाउन सकिन्छ। अध्यक्ष दाहालले शान्ति प्रक्रिया जस्तो राष्ट्रिय मुद्दामा राजनीति गर्न नहुने भन्दै आफूहरू गम्भीर रहेको बताए।

उनले भने,‘ विवाद र विमतिका बीचमा पनि हामी राष्ट्रिय सहमति र पीडितका पक्षमा काम गर्न प्रतिबद्ध छौं। द्वन्द्वकालीन घटनाहरूको सत्य उजागर गर्दै पीडितहरूलाई न्याय दिन आवश्यक रहेको उनले पुनः दोहोर्‍याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *