राजनीति

सिराहा ‘दलित उठिबास’ प्रकरणः गाउँपालिका अध्यक्षलाई रिहा गर्न जसपाको माग

काठमाडौं। सिराहाको औरही गाउँपालिकामा दलित समुदायको उठिबास प्रकरण मा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव लाई ससम्मान रिहा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले माग गरेको छ। जसपाले यदि उनीहरूलाई रिहा नगरेमा आन्दोलन गर्ने चेतावनी दिएको छ।

जसपा नेपाल सिरहाका अध्यक्ष अशोक यादव ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका अध्यक्ष यादवलाई बिना शर्त रिहा गर्न माग गरेका छन्। राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रूपमा छुवाछूतको मुद्दा लगाई अध्यक्ष यादवलाई प्रताडित गरिएको छ। यदि उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन हुनेछ र त्यसबाट उत्पन्न हुने जिम्मेवारी प्रशासनले लिनुपर्नेछ।ू

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका लागि भन्दै डोम समुदायका दीपक मल्लिकको घर भत्काइएको र उनलाई अछूत भन्दै त्यहाँको माटो समेत हटाइएको आरोप लागेको छ।

पीडित मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबा विरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्।

हाल गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा छन् भने बजरंगी बाबा फरार छन्।

राजनीतिक रंगस् जसपा र जनमत पार्टीको बचाउ अभियान शिवजी यादव जसपा नेपालबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। दुवै दलले यो मुद्दालाई राजनीतिक प्रतिशोध को रूपमा चित्रित गर्दै अभियुक्तहरूलाई निष्पक्ष अनुसन्धान बिना थुनामा राख्न नपाइने अडान लिएका छन्।

जसपा नेपालले यदि पक्राउ परेका नेताहरूलाई छिटो रिहा नगरिए सडक आन्दोलन गर्ने, प्रशासनविरुद्ध व्यापक विरोध प्रदर्शन गर्ने र त्यसबाट उत्पन्न हुने सबै जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी दिएको छ।

यस प्रकरणले जातीय भेदभाव र राजनीतिक हस्तक्षेप को बहसलाई फेरि सतहमा ल्याएको छ। अब प्रशासनले यसमा कानुनी प्रक्रिया अनुसार निष्पक्ष छानबिन गर्छ वा राजनीतिक दबाबमा झुक्छ भन्ने चासो बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *