काठमाडौ. । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन्। अनेरास्ववियु लगायतका समूहहरूले निर्वाचन प्रक्रिया एकलौटी ढंगले अघि बढाइएको भन्दै विरोध जनाएका छन्।
तालाबन्दीको कारणस्
सर्वदलीय बैठकबिना निर्वाचन कार्यक्रम अघि बढाइएको ,निर्वाचन अधिकृत अनुपस्थित हुँदा पनि प्रक्रिया अघि बढाइएको, विदाको दिन मनोनयन राखेर निर्वाचन गराउने प्रयास भएको अखिल ९क्रान्तिकारी० की नेत्री शोभा सापकोटाको दाबी रहेको छ । उनका अनुसार जबरजस्ती निर्वाचन गराउन खोजिएको भन्दै उनीहरूले माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन्।
यसैबीच, पद्मकन्या क्याम्पसको होस्टेलबाट गएराति केही विद्यार्थी हराएको गुनासो दर्ता भएकाले समस्या थप तनावको अवस्था सिर्जना भएको स्रोतको भनाइ छ । काठमाडौंका अन्य ठूला क्याम्पसहरूमा पनि स्ववियु निर्वाचन प्रक्रिया सुचारु हुन सकेको छैन, जसका कारण त्रिवि भित्रको विद्यार्थी राजनीति अन्योलग्रस्त देखिन्छ।
स्ववियु निर्वाचन अनिश्चित
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्ववियु निर्वाचन अनिश्चित बनेको छ। काठमाडौँका शंकरदेव, पद्मकन्या, सरस्वती, विश्वभाषा लगायतका क्याम्पसमा तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।विद्यार्थी संगठनभित्र आन्तरिक विवाद,स्ववियु उम्मेदवार चयनमा असहमति,बागी उम्मेदवारी परेपछि बढेको तनाब बढेको छ ।
नेविसंघभित्रको विवाद :
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनोज कार्की, सनम वली, र स्वतन्त्र उम्मेदवार पद्मा भुसाल चुनाव लड्दै छन् । आरआर क्याम्पसमा विनोद जोशी (नेविसंघ आधिकारिक) (दिपेन्द्र रावत (बागी) उमेद्वार हुन् ।
त्रिचन्द्र क्याम्पसमा श्रीधर श्रेष्ठलाई टिकट, तर गोविन्द कोइराला, सागर न्यौपाने, र विवेक बानियाँको स्वतन्त्र उम्मेदवारी परेको छ । अन्य क्याम्पसहरूमा पनि सभापति देउवा, शेखर, गगन समर्थित नेताहरूबीच प्रतिस्पर्धामा छन् ।
यस्तै उपत्यका बाहिर पृथ्वीनारायण क्याम्पस पोखरामा शेखर निकट सुशील न्यौपाने
पर्साको ठाकुरराम क्याम्पसमा नेविसंघकै राज यादव बागी,धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा सृष्टि आचार्य आधिकारिक, तर दिपक सुवेदी बागी, वीरेन्द्र बहुमुखी क्याम्पस विराटनगरमा सफल गुरुङ आधिकारिक उमेदवार बनेका छन् । विगतमा पनि विद्यार्थी संगठनले नयाँ नेतृतवलाई पुराना दलहरुभन्दा पृथक तरिकाले नेतृत्वलाई निष्पक्ष ढङगबाट अगाडी बढाउन सकेको छैन् ।
विवाद नभएका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने निश्चित भएको छ। तर, उपत्यकाका मुख्य क्याम्पसहरूमा तालाबन्दी जारी छ, जसले निर्वाचनलाई अनिश्चित बनाएको छ।




