राजनीति

रास्वपाको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ ।

रास्वपाले माघ १८ गतेदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेण्डा र प्राथमिकताबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *