काठमाडौं । सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धनको तयारीमा जुटेको नेकपा एमालेसहितको नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल गठन गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल गठन गरेको हो ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कार्यदलमा छन् । चार सदस्यीय कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफलमार्फत शक्तिको सन्तुलन मिलाउनेछन्। कार्यदलले मन्त्रालय भागबन्डासहितका विषयमा नयाँ गठबन्धनका सबै दलसँग पहल गर्दै मन्त्रालयको बाँडफाँट गरेर सोही अनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ।
एमालेसहितको गठबन्धन फर्किएपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने जनाइएको छ । कार्यदलमा रहेका चारैजना नेताहरू नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुनछन् ।




