मुख्य समाचार

माओवादी नेतृत्वको सरकारमा कांग्रेसले असक्षमताको भारी नबोक्न गठबन्धन त्यागेर नयाँ सरकार बनाउन सांसद शर्माको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फागुन ७ गतबाट हुने महासमिति बैठकका लागि पार्टी र मुलुकको रूपान्तरणका लागि फरक पस्ताव ल्याएका छन् । काठमाडौंमा शनिवार पत्रकार सम्मेलन गरेर कांग्रेसको रूपान्तरण र कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी सरकार निर्माण गरी जनताको विस्वास योग्य पार्टी निर्माणका लागि आफ्ना प्रष्ट एजेन्डा ल्याउनुपर्ने उनले बताए ।

रूपान्तरित कांग्रेस निर्माणको मार्ग चित्र, सुशासनमुखी पार्टी र सरकार, निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तन, समयसापेक्ष पार्टीको सांगठनिक ढाँचा, पार्टी र सरकारको सम्बन्धलगायतको विषयलाई समेटेर १४ बुँदे प्रस्ताव उनले अगाडी सारेका छन् । उक्त पस्तावका विषयमा नेपाली कांग्रेसले महासमितिमा छलफल गर्नेछ ।

भ्रष्टाचार र कुशासनले देश र राज्यसंयन्त्र र समिति व्यक्तिको कब्जामा रहने गरेकाले पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकका वर्तमानका यावत् समस्याका सम्बन्धका लागि नेपाली कांग्रेसले ध्यान दिनुपर्ने उनले बताएका छन् । कांग्रेस आफ्नो नीतिमा प्रस्ट नभएका कारण पछि परेको बताउँदै उनले कांग्रेसले आफू नीतिमा प्रष्ट पारेर आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्ने बताए । आगामी दिनमा आउने चुनौतीसँग सामना गर्न नेपाली कांग्रेसले बलियो ऐजेन्डा दृढ विश्वासका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने,‘लोकप्रियतावादी र अतिवादीहरु अहिले नेपाली कांग्रेसका मुख्य चुनौती छन।’

कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्व जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गरिरहनु हुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको जनताले प्रश्न उठाउने गरेकाले प्रश्न उठन नदिन कांग्रेसले गम्भिर रुपमा सोच्नुपर्ने बताए ।

माओवादी नेतृत्वको सरकारमा कांग्रेसले असक्षमताको भारी कांग्रेसले बोक्नुपर्ने अवस्था सिर्जना भइरहेकाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गरी आफ्नो नेतृत्वमा सुशासनमुखी, जनमुखी सरकार गठनका लागि पहल उनको भनाइ छ । प्रधानमन्त्रीले केही दिन अघि गठबन्धन तोडमोड हुने भन्दै दिएको अभिव्यक्तीका कारण अहिले गठबन्धनमा सँम्बध दलहरुले आ–आफ्नैमा केन्द्रित हुन थालेको बेला कांग्रेसले पनि अब सोच्नुपर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *