काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धन दल देशका लागि सकरात्मक नभएको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हन् । गठबन्धन दलभित्र आन्तरिक द्वोन्द्व बढ्ने गरेको भन्दै गठबन्धन पाटीका लागि कम्जोर बनाउने आधार बनेको उनले बताए ।
उनले गठबन्धन छोडेर प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताउँदै राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेकाले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको बताए । यस विषयमा सबै राजनीति दलले केही विकल्प र नयाँ संकल्प गर्नुपर्ने बताए ।
अहिले राजनीति दलहरुबीच भएको गठबन्धनले झन भ्रष्ट्रचार बढाउने गरेकाले अब कार्यकारी प्रत्यक्ष निर्वाचनका लागि संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यकारी प्रत्यक्ष निर्वाचनमा पाँच वर्षको अवधिमा कसैको दबाब विना नै काम गर्न सक्ने अवसर मिल्ने उनले बताए ।
राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण र सङ्कटपूर्ण रहेकाले अब राजनीति दलले विकल्पको खोजी गर्न आवश्यक रहेको उनको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादतिर उन्मुख हुने प्रतिबद्धता जाहेर गरेकाले सम्पूर्ण राजनीतिक शक्तिहरूका लागि एउटा ठुलो चुनौतीको पहाड अघि खडा छ भई प्रश्नै प्रश्नको चाङ खडा भएको उनले बताए ।




