मुख्य समाचार

भारतमै माओवादी संगठन हुर्कंदै सुरक्षित भएको प्रचण्डको स्वीकारोक्ति

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन र सुरक्षित रहेकै कारण कारण ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढेको बताएका छन्। खुशीराम पाख्रिन स्मृति ग्रन्थको शनिबार विमोचन गर्दै उनले भारतमा राम्रो संगठन बनाएकै कारण गणतन्त्र ल्याउन पनि सहज भएको बताए।

भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको पनि उनले खुलासा गरे। ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो,’ प्रचण्डले भने, ‘भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौं। कार्यकर्ता प्राप्त गर्‍यौं, लड्ने योद्धाहरू सीधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो।’

माओवादीलाई भारतकै पक्षपोषण रहेको यसअघि विभिन्न दलका नेताहरुले बताउँदै आएका थिए । माओवादी नेताहरूले भारतमै सेल्टर लिएका थिए । तत्कालीन भारतीय सरकारले संरक्षण गरेकै कारण भारतले नेपालको राजतन्त्रविरुद्ध सडक आन्दोलन गरेको प्रचण्डको स्वीकारोक्तिले पनि पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *