देश

सरकारद्वारा दुई दिनमा ५ अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौँ । सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति कार्यालय शीतलनिवासमा पठाएको छ । सोमबार दुई र मंगलबार तीन वटा गरी कुल पाँच अध्यादेश शीतलनिवास पुगेका हुन् ।

सरकारले सोमबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश पठाएको थियो भने मंगलबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश पठाएको हो ।

शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति कार्यालयले हाल ती पाँचै अध्यादेशका प्रावधानबारे अध्ययन गरिरहेको छ ।

सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन् । यसैबीच आज पनि विपक्षी दलहरूको बैठक बसेको छ ।

संविधानअनुसार संसद् चालु नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने संवैधानिक प्रावधान रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *