काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रस्ट्रचार काण्डमा आफ्नै नेता आरोपित भएको ठहर भएको अवस्थामा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भ्रस्ट्रचारका काण्डमा माओवादी केन्द्रका नेताहरुपनि मुछिएको भएमा सीआईबीले राम्रोसंग अनुुसन्धान गर्नुपर्छ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएकाले उनको बयान लिनुपर्ने बताएका थिए ।




