काठमाडौं । सभामुखमा उम्मेदवारी दिने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे धुम्बाराहीस्थित निवासमा बस्नेगरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकले सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा निर्णय लिने बताइएको छ । यसअघि आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कांग्रेसले दिने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेस सकारात्मक रहेको बताएको भएपनि एमाले अध्यक्ष ओलीले भने ठाडै अस्वीकार गरेका थिए ।




