राजनीति

प्रचण्डलाई चीनले दियो प्रधानमन्त्री नियुक्त भएपछि बधाई

काठमाडौं । चीनले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो ।

‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’, दूतावासले भनेको छ ।

यसअघि माओवादी नेता वर्षमान पुन चीनमा उपचार गरेर फर्केपछि कांग्रेससँगको गठबन्धनको विकल्पका बारे शुरु भएको बहश उत्कर्षमा पुगेको दाबी गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *