काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले रौतहटको विकासमा चासो नदिएको आरोप लगाएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन रौतहट पुगेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला बिकासको लागि छनौट गरिएका सयौं योजनाहरू गठबन्धनको सरकारले हटाएको आरोप लगाए ।
उनले रौतहटकै माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा जिल्लाको विकासको लागि सिन्का समेत नभाँचेको समेत बताए ।




