राजनीति

बुटबलमा रवि लामिछाने भने– ठूला पार्टीका नेता भ्रष्ट भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरू नै भष्ट्रचारमा लिप्त भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरूलाई पाखा लगाउनुपर्ने बताए ।

उनले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाँडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए । उनले ठूला दलका नेताहरूलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको समेत दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *