काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति घोषणा हुने क्रममा रहेको भन्दै त्यसलाई ख्याल गरेर काम गर्न मन्त्रीलाई निर्देशन दिएका छन ।
मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरी राखेर काम गर्न बैठकमा निर्देशन दिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए ।




