काठमाडौं । नागरिकता विधेयक खारेज गर्न माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सीपी गजुरेल नेतृत्वको टोलीले शीतल निवास पुगेर नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो ।
मोर्चाले नागरिकता विधेयकमा सर्वपक्षीय सहमति आवश्यक रहेको समेत बताएको छ ।




