राजनीति

झापामा ओलीले भने– एमाले हार्दा देश वर्वाद हुन्छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन बर्बादीमा धकेलिने दाबी गरेका छन् ।

झापाको विर्तामोडमा भएको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा धेरै मत बदर भएको भन्दै आगामी चुनावमा त्यस्तो हुन नदिन अहिलेदेखि नै प्रशिक्षण चलाउन निर्देशन समेत दिए ।

‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ । मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस् । अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस् ।’ उनले भने ।

अध्यक्ष ओलीले अहिले देशको विकास ठप्प भएको र बैङ्कमा पैसाको अभाव भएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *