राजनीति

राष्ट्रपति भण्डारीद्वारा भारतकी राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जालमार्फत् बधाई दिँदै राष्ट्रपति भण्डारीले दुई देशको सहकार्यले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्।

ंमित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छुु । यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु।’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *