देश

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई पदमुक्त गरिएको जानकारी दिएको हो।

सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै गरेको सिफारिसका आधारमा राष्ट्रपतिले उनलाई पदबाट हटाएका हुन्। संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शाक्यका अनुसार राई आजैका मितिदेखि लागू हुने गरी राईलाई पदमुक्त गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *