काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजकुमार जुमा अल मोक्तुमबीच भेटवार्ता भएको छ ।
मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएका उनले अध्यक्ष ओलीलाई उनकै निवास पुगेर भेटवार्ता गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले सामाजिक संजाल ट्वीटरमा मोक्तुमसंगको भेटको फोटोसहित पोष्ट गर्दै नेपाल भ्रमणमा आएका दुबईका राजपरिवारका सदस्यलाई आफ्नो निवासमा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरेका छन् ।




