काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहाई गर्न सरकारसँग माग गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणसँग आज भेटवार्ता गर्दै पार्टीले कार्यकर्ता रिहा गर्न माग गरेको हो । विप्लव नेतृत्वको नेकपाबाट पार्टी फुटाएर नेकपा (बहुमत) नामको अर्को दल गठन गरेका बास्तोला नेतृत्वको टोली मन्त्रालयमै पुगेर मन्त्री खाँणसँग यस्तो माग गरेको हो ।




