राजनीति

रामचन्द्र पौडेललाई सिर्जना सिंहको कडा जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कडा जवाफ दिएकी छन् ।

वरिष्ठ नेता पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएलगत्तै सिंहले जवाफ फर्काएकी हुन् ।

पौडेलले वंशवादको आधारमा उम्मेदवार बनाएका कारण जनताले त्यसको सजाय दिएको आरोप लगाएका थिए

सिंहले जवाफ दिदै ट्विटरमा लेखेकी छिन्, ‘मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहापाउनु भएको, (हामी छिमेकी जिल्लावासी) । मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ? यो कुरा तपाईंको मुखबाट आउँदा अली सुहाएन की दाई ।’

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न खोजेका पौडेलले नेता प्रकाशमान सिंहले सहयोग नगरेको गुनासो गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *